Section 37
जरिबाना गर्ने
(१) यस ऐन बमोजिम आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले जरिबाना गर्दा कसूरको गम्भिरताको आधारमा तत्काल जरिबाना गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गरेको जरिबाना वापतको रकम सम्बन्धित व्यक्तिले बुझाएपछि तत्काल त्यसको रसिद दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम जरिबाना गर्ने अधिकारीले गरेको जरिबाना उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम जरिबाना नबुझाउने व्यक्तिलाई जरिबाना गर्ने अधिकारीले जरिबानाको रकम बापत प्रचलित सङ्घीय कानून बमोजिम कैद गर्न सम्बन्धित प्रहरी कार्यालयमा बुझाइ दिनु पर्नेछ ।
(५) यस ऐन बमोजिम कुनै अधिकारीले एउटै कसूरमा कुनै व्यक्तिलाई एकपटक जरिबाना गरिसकेपछि सोही कसूर बापत अन्य अधिकारीले पुन जरिबाना गर्न सक्ने छैन ।
(६) यस दफा बमोजिम जरिबाना गर्ने अधिकारीले कुनै व्यक्तिलाई जरिबाना गर्दा त्यस्तो व्यक्तिले गरेको कसूर तथा निजलाई गरिएको जरिबाना सम्बन्धी विवरण सर्वसाधारणको जानकारीको लागि सञ्चार माध्यमबाट तत्काल सार्वजनिक गर्नु पर्नेछ ।